३१ आश्विन २०८३, शनिबार

‘बजरंगी भाइजान’का डाइरेक्टर पाकिस्तानमा फसे, जुता देखाएर दुर्व्यवहार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kabir-khan_1461747010

मुम्बई । सुपरहिट फिल्म बजरंगी भाइजानका निर्देशक कबीर खानमाथि पाकिस्तानमा दुर्व्यवहार भएको छ ।

एक सेमिनारमा भाग लिनका लागि पाकिस्तान गएका कबीरमाथि कराची एयरपोर्टमै जुता देखाएर दुर्व्यवहार गरिएको हो ।

लाहोर जानका लागि कराची एयरपोर्ट पुगेका उनीमाथि युवकहरुको समूहले जुता देखाएको र उनीविरुद्ध नाराबाजी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फिल्ममा असन्तुष्टि जनाउँदै उनीमाथि पाकिस्तानी युवाहरु खनिएका हुन् ।