१ कार्तिक २०८३, शनिबार

रिजनल फुटबल च्याम्पियनसिपमा नेपाल भारतसँग भिड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-India-football

काठमाडौं, १४ वैशाख । एएफसी चौध वर्षमुनि (यु–१४) को छात्रा रिजनल फुटबल च्याम्पियनसिपमा नेपाली टोलीले भोलि चिरपरिचित प्रतिद्वन्द्वी भारतको सामना गर्दै प्रतियोगिताको उद्घाटन खेल खेल्ने भएको छ ।

ताजकिस्तानको एभिएटर स्टेडियममा हुने उक्त खेलमा नेपालले विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ ।

त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भने यही वैशाख १६ गते बुधबार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

विभिन्न सात राष्ट्रले भाग लिएको उक्त प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ, जसमा नेपाल समूह ‘बी’मा परेको छ । नेपालको समूहमा भारत र बङ्गलादेश छन् ।

त्यसैगरी समूह ‘ए’ मा भने आयोजक ताजकिस्तानसहित कीर्गिस्तान, भुटान र इरान छन् ।

नेपाली टोलीमा दिलकुमारी राना, नजना रानामगर, दुर्गा खत्री, मनिसा गिरी, पवित्रा राई, पुनम घिमिरे, पूर्णिमा घिसिङ, रोसनी खत्री, सविना चौधरी, सलोनी रानामगर, सरिता न्यौपाने, श्रीषा कार्की, सुमित्रा सिंह पाख्रिन र उदया थापा छन् । रासस