३१ आश्विन २०८३, शनिबार

आरक्षण माग्नेलाई मोदीले यसरी जेल हाले, आन्दोलन दबाउन ठूलो षड्यन्त्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Hardik Patelअहमदाबाद, १४ वैशाख । जेलमा बन्द रहेका आरक्षण आंदोलनका नेता हार्दिक पटेललाई जमानतको माग गर्दै उनका कानुन व्यवसायीले उच्च न्यायालयमा प्रमाणसहित बहस गरेका छन् ।

त्यस क्रममा कानुन व्यवसायीले पटेलले हिंसा नभड्काएको जिकिर गरेका थिए । बरु शान्तिका लागि हार्दिकले आग्रह गरेको उनले बताए ।

न्यायमूर्ति एजे देसाईको इजलासमा हार्दिकको जमानतमा सुनवाई भइरहेको छ । हार्दिकविरुद्ध अहमदाबाद र सूरतमा देशद्रोहको आरोपमा पक्राउ गरी मुद्दा चलाइएको छ ।

उनका वकील जुबिन भरदाले अहमदाबाद पुलिसले अघिल्लो वर्ष २५ अगस्तमा जीएमडीसी मैदानको सभामा हार्दिक पटेलको भाषणको गलत अर्थ निकालेर पक्राउ गरेको थियो । प्रहरीले हार्दिक पटेललाई हिंसा भड्काएको आरोप लगाउँदै आएको आरोप छ ।

वकीलले भनेका छन्, ‘हार्दिकको कुनै पनि गलत कुरा छैन । सरकारमाथि बम प्रहार गरेर फाल्ने कुरा उनले गरेका छैनन् । उनले पटेल समुदायका व्यक्तिलाई आरक्षणको माग गरेर आन्दोलन गरेका हुन् ।’

न्यायमूर्ति देसाईको इजलासमा हार्दिक पटेलका साथै तीन सहयोगी केतन पटेल, चिराग पटेल र दिनेश बांभनियाको जमानतको सुनुवाई भएरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको गृह राज्य गुजरातमा पटेल समुदायले आरक्षणको माग गरेर ठूलो आन्दोलन चर्काएको थियो ।

तर, त्यहाँको सरकारले पटेल समुदायको आन्दोलनलाई दबाइ दिएको छ । आरक्षणका लागि आन्दोलन गर्दै आएकाहरूलाई पक्राउ गरेर थुनामा राखिनुका साथै विभिन्न मुद्दा लगाइएको छ । एजेन्सी