अमेरिका, १४ वैशाख । २५औं हिराल्डोकाई सोवकान अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालका साग स्वर्ण पदकधारी सुनिल लामासहित अमेरिकाको पहिलो र एक मात्र नेपाली कराते डोजो इन्टरनेश्नल पदकधारी मार्शल आर्टस एशोसियशन न्ययोर्कका खेलाडीले ४ स्वर्ण १ कास्य र ५रजत गरी जम्मा १० पदक हात पारेका छन् ।
हिराल्डोकाई सोवकान कराते डोको आयोजनामा अप्रिल २४ तारिख आईतवार न्यूयोर्कको क्विन्सस्थित इलमकोर सेन्टरमा सम्पन्न च्याम्पियनसिपमा नेपालका साग पदक विजेता सुनिल लामासहित इन्टरनेश्नल मार्शल आर्टस एशोसियशन न्ययोर्कका ९ जना खेलाडीहरुको सहभागीता रहेको उक्त च्याम्पियनसिपमा व्यक्तिगत खुला तौलको कुमितेमा नेपालको सुनिल लामाले आफनो पतिद्वन्द्वी पहिलो चरणमा मोनटोयालाई ९.३ , दोश्रो चरणमा मोहमद सलेम लाई १०.३, तेश्रो चरणमा डारडन सिका लाई ७.० र अन्तिम चरणमा बर्नार्ड कोलोनल लाई ९.४ ले पछाडि पार्दै स्वर्ण पदक जित्न सफल भएका छन् ।
इन्टरनेशनल मार्शल आर्टस एशोसियशन न्ययोर्कका १३ वर्षीय डेचेन पेमाले व्यक्तिगत कातामा स्वर्ण र कुमितेमा रजत, १३ वर्षीय सहैला इस्लामले व्यक्तिगत काता मा रजत र कुमितेमा स्वर्ण पदक, १३ वर्षीय सहैला इस्लामाले व्यक्तिगत काता तथा कुमिते दवैमा रजत पदक, १४ वर्षीय महमद इलवौनीनीले व्यक्तिगत कुमितेमा काश्यपदकर ७ वर्षीय रोहित खडकाले व्यक्तिगत कातामा रजत पदक जित हासिल गर्न सफल भएका छन् ।
अमेरिका कराते महासंघद्वारा मान्यता प्राप्त च्याम्पियनसिपमा इन्टरनेशनल मार्शल आर्टस एशोसियशन न्यूयोर्कको ९ जना खेलाडीहरुको सहभागिता रहेको थियो ।
च्याम्पियनसिपमा न्यूयोर्क राज्यको अलावा अन्य ६ राष्ट्र्हरु क्यानाडा, डमिनिकन रिपब्लीक, भेनेजयला, पानामा र हईटीको गरी ३५० जनाभन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो ।
विश्व कराते महासंघका रेफ्री सेन्सी क्लिभ वेक्सटरको प्रमुख निर्देशनमा संचालित च्याम्पियनसिपमा अमेरिका र अमेरिकी कराते महासंघ अन्तर्गतका रेफ्री तथा निर्णायकहरु सहभागी थिए ।
जसमध्ये च्याम्पियनसिपमा नेपाली मुलका इन्टरनेशन मार्शल आर्ट एसोसिएसन न्यूयोर्कका प्रमुख प्रशिक्षक शान्त थोकर र सहायक प्रशिक्षक पर्खि राई २ जना मात्र निर्णायक (रेफ्री) सहभागी थिए ।















प्रतिक्रिया