काठमाडौं १३ वैशाख । बेलायत भ्रमण सकेर आउनुभएकी सभामुख ओनसरी घर्तीले संसद बैठक आह्वानका लागि प्रक्रिया थाल्नु भएको छ ।
सभामुख घर्तीले आज दिउँसो राष्ट्रपति कार्यालय शीतल निवासमा पत्र पठाइ संसद बैठक आह्वानका लागि तयारी गर्नुभएको हो ।
संवैधानिक व्यवस्थाअनुसार सरकारको आग्रहमा राष्ट्रपतिद्वारा संसद बैठक आह्वान गर्ने प्रावधान छ ।
त्यसका लागि संसद सचिवालयले पहल गर्नुपर्ने हुन्छ । सोही प्रावधानअनुसार सभामुख घर्तीले वैशाख २१ गते अपरान्ह ४ बजेका लागि संसद बैठक आह्वान गर्न आग्रह गर्दै राष्ट्रपति कार्यालयमा पत्राचार गर्नुभएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी ओलीले संसद बैठक आह्वान गर्न आनाकानी गरिरहेका बेला सभामुख घर्तीले वैशाख २४ गतेका लागि मिति तोक्नुभएको हो । अबको संसद बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा पूर्व तयारी छलफल हुनेछ ।
संसद बैठक बस्नुअघि संसद कार्यसञ्चालन नियमावलीलाई टुङ्गो लगाउने तयारी पनि भएको छ ।












प्रतिक्रिया