काठमाडौं, १३ वैशाख । आफ्नो आन्दोलनको तयारी स्वरुप संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठक आज पनि बस्दैछ ।
संघीय समाजवादी फोरम नेपालको मुख्यालय तिनकुनेमा बस्ने बैठकमा घोषित आन्दोलनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।
‘आन्दोलन घोषणा भइसकेको छ’, उहाँले भन्नुभयो, ‘अब आन्दोलनलाई कसरी व्यवस्थति बनाउने हो त्यस विषयमा छलफल हुन्छ । जिम्मेवारी बाँडफाँट पनि हुन्छ ।’
यसअघि आइतबार बसेको सचिवालयको बैठकमा संघीय गठबन्धनको आचार संहिताका विषयमा छलफल भएको थियो ।
आचार संहिताका साथै वैशाख १५ गते सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई बुझाउने भनिएको ज्ञापनपत्रको भाषा पनि एकै प्रकारको बनाएको थियो ।
ज्ञापनपत्रको भाषालाई आजको बैठकबाट अन्तिम रुप दिएर जिल्ला–जिल्ला पठाइने महासचिव सुमनले बताउनुभयो ।












प्रतिक्रिया