२५ कार्तिक २०८३, बुधबार

राप्रपा अध्यक्ष चन्दको सफल शल्यक्रिया, स्वाथ्यमा क्रमिक सुधार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokendra Bahadur Chandकाठमाडौं, १३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा क्रमिक सुधार आएको छ ।

राप्रपाका सहप्रवक्ता किरण गिरीका अनुसार आइतबार भएको हर्नियाको शल्यक्रियापछि अध्यक्ष चन्दको स्वास्थ्यमा क्रमिक सुधार आएको हो । चन्दलाई अझै केही दिन अस्पतालमा राखेर उपचार गराइनेछ ।

अचानक बिरामी परेपछि चन्दलाई शनिबार बल्खुस्थित बयोधा अस्पतालमा भर्ना गरिएको थियो ।

अध्यक्ष चन्द बिरामी भएको थाहा पाएपछि राप्रपाका नेता तथा कार्यकर्ता उहाँलाई भेट्न अस्पताल पुग्ने क्रम जारी छ ।