बझाङ, १२ वैशाख । बझाङमा एक बालिका मृत फेला परेकी छिन् ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार आफ्नै आमासंगै गएकी रायल-९ डाफरु बस्ने ईश्वर खातीको ४ बर्षीया छोरी इन्दिरा खाती मृत अवस्थामा फेला परेकी छिन् ।
बैशाख ९ गते खातीको २५ बर्षीया श्रीमती देवी खाती घरबाट औषधी उपचार गर्न प्राथमिक स्वास्थ्य केन्द्र रायल जान्छु भनी साथमा छोरी समेतसंगै लिएर गएकोमा घर फर्कि नआएपछि खोजतलास गर्दा आइतबार बालिकालाई स्थानीय खोचामोड स्थित सेती नदीको किनारमा मृत अवस्थामा फेला पारिएको थियो ।
प्रहरीले देवी खातीको समेत खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया