काठमाडौं, १२ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द बिरामी परेपछि अस्पताल भर्ना गरिएको छ ।
काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा चन्दलाई भर्ना गरिएको हो ।
चन्दलाई उच्च रक्तचाप र हर्नियासम्बन्धी समस्या देखिएपछि अध्यक्ष चन्दलाई शनिबार राति अस्पताल भर्ना गरिएको हो ।
अध्यक्ष चन्द बिरामी भइ अस्पताल भर्ना भएको जानकारी पाएपछि राप्रपाका नेता तथा कार्यकर्ता भेट्का लागि अस्पताल पुगेको सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार चन्दको आज दिउँसो शल्यक्रिया हुनेछ ।












प्रतिक्रिया