२५ कार्तिक २०८३, बुधबार

एकाबिहानै आयो भूकम्प, यसरी सम्झायो वैशाख १२

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa-Nuwakot-Salmeकाठमाडौं, १२ वैशाख । नुवाकोट जिल्लालाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ ।

महाविनाशकारी भूकम्प गएको ठीक एक वर्ष पुगेको दिन आज बिहान नुवाकोटको साल्मे नजिकैको क्षेत्रलाई केन्द्रविन्दु बनाएर २ बजेर १६ मिनेटमा ४.२ रेक्टर स्केलको भूकम्पको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

विनाकारी भूकम्प गएको एक वर्ष बितेपनि भूकम्पको पराकम्पन आउने क्रम रोकिएको छैन ।

गत वर्ष आजकै दिन मध्यान्ह ११ बजेर ५६ मिनेट जाँदा गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

भूकम्पमा परि झन्डै ९ हजार मानिसले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए ।