२५ कार्तिक २०८३, बुधबार

विनाशकारी भूकम्प गएको आज एक वर्ष, औपचारिक कार्यक्रममा सीमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barpak-1काठमाडौं, १२ वैशाख । आज वैशाख १२ गते । अर्थात आजकै दिन एक वर्ष अगाडि विनाशकारी भूकम्प गएको एक वर्ष पूरा भएको छ ।

गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७ दशमलब ८ रेक्टर स्केलको विनाशकारी भूकम्प गएको थियो ।

भूकम्पमा परी झन्डै ९ हजारले ज्यान गुमाएका थिए । हजारौं घाइते भएका थिए । थुप्रै घरमा क्षति पुगेको थियो ।

भूकम्प गएको एक वर्ष हुँदा पनि सरकारले पुनर्निर्माणको तीब्ररुपमा अगाडि बढाउँन नसकेको भूकम्पपीडितहरूको गुनासो छ ।

भूकम्प गएको एक वर्ष पुगेको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र गैरसरकारी संस्थाहरूले आजका दिन केही औपचारिक कार्यक्रम राखेका छन् । उनीहरूको औपचारिक कार्यक्रमभन्दा पीडितले अरु केही पाएका छैनन् ।