काठमाडौं, १२ वैशाख । घोषणा गरिएका आन्दोलनको तयारी र जिम्मेवारी बाँडफाँटका विषयमा छलफल गर्न संघीय गठबन्धनको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ ।
काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा मध्यान्ह बस्ने बैठकमा आन्दोलनको तयारीका विषयमा छलफल हुनेछ ।
सद्भावना पार्टीका महासचिव मनीषकुमार समुनले वैशाख १५ गते सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई बुझाउने ज्ञापनपत्रको ब्यहोरा र आमसभाहरूको जिम्मेवारी तोक्ने विषयमा छलफल हुने जानकारी दिनुभयो ।
संघीय गठबन्धनको एघार सदस्यीय सचिवालयमा राजेन्द्र श्रेष्ठ, वृषेशचन्द्र लाल, मनीषकुमार समुन, रामनरेश राय, डा.विनय सैंजु, डा.ओम गुरुङ, केशव झा, मीनराज चौधरी, विष्णु तुम्वाहाम्फे, जय गोले र पर्शुराम तामाङ रहेका छन् । तामाङ संघीय गठबन्धनका प्रवक्ता पनि हुनुहुन्छ ।












प्रतिक्रिया