३१ आश्विन २०८३, शनिबार

काठमाडौंका तात्कालीन प्रमुख जिल्ला अधिकारीको यस्तो छ भूकम्प अनुभब (डकुमेन्ट्रीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Eknarayan-Aryal CDO Ktmकाठमाडौं, १२ वैशाख । आज वैशाख १२ । आजको ठीक १ वर्ष पहिलेको शुभ बिहानीले मध्यानहलाई ४ मिनेट पनि कुर्न सकेन ११ बजेर ५६ मिनेट जाँदा भूकम्पले नेपालीलाई कहिले निको नहुने पीडा दिएर गयो ।

लगभग ९ हजार नेपालीलाई हामीबाट चुडेर लाग्यो, हज्जारौ घाइते भए, लाखौं घरबार बिहीन भए । त्यो त्रासदीपूर्ण दिन चाहेर पनि कसैले बिर्सन सक्दैन ।

हरेकको देखाइ र भोगाइ फरक फरक छ यद्दपि पीडा भने सबैलाई साझा दिएर गयो वैशाख १२ ले । न हिमाल बच्यो न पहाडनै हेर्दा हेर्दै पूरै काठमाडौं धुलाम्य भएको थियो वैशाख १२ मा । हामी नेपाली जस्तोसुकै पीडा सहन सक्छौ तर हामी जस्तोसुकै पीडा पनि सहजै भुल्ने पनि गर्छौ । भनिन्छ बिपद आँफैले भोगेर चेत्ने विषय होइन, हामीले वैशाख १२ लाई भोगिसकेका छौ तर पनि हामी अझै पनि फेरि त्यो भयानक दिन आउन सक्छ भन्ने कुरा भुलिरहेका छौ ।

भूकम्पमा ज्यान गुमाउनेहरुको नश्वोर शरीर धर्तीमा बिलिन भैसकेको छ । मरेर जानेहरुले त चाहेर पनि पाठ सिक्न सक्दैनन जे जति सिक्नुपर्ने हो हामी धर्तीमा वीवित रहेकाहरुले सिक्ने हो । २०७२ सालको भूकम्पले हामी धेरैलाई पाठ सिकाएको छ पक्कै पनि हामीले भूकम्प पूर्व तयारीको बारेमा कुरा गर्न थालेका छौ ।

भक्तपुरका सोनिस अवाल हुन, या १२० घण्टापछि उद्दार गरिएका नुवाकोटका पेम्बा तमाङ वा ८४ घण्टापछि उद्दार गरिएका अर्घाखाँचीका ॠषि खनाल उनीहरुले मात्रै पाठ सिकेर साम्भाबित भूकम्प असरलाई न्यूनिकरण गर्न सकिदैन त्यसैले हामी सबै सचेत हुनु जरुरी छ ।

यति चेतना हामीमा ल्याउनका लागि हामीले करीब ९ हजारको बलिदान दिनु पर्‍यो । अझै पनि हामीले भूकम्प पूर्व तयारीका लागि स्थानीय स्तरबाट केही गरेनौ या त हातेमालो गरी सरकारलाई जागरुक बनाउन सकेनौ भने भोली हामीले योभन्दा भयानक नियती भोग्नु नपर्ला भन्न सकिदैन ।

अझै पनि भूकम्पबाट घरबार गुमाएकाहरुलाई उचित ब्यबस्थापन गर्न सकिएको छैन । कतिपय पालमा त कतिपय खुल्ला आकाशमुनि रात बिताउन वाध्य छन् । आजको दिन भूकम्पमा परी ज्यान गुमाउनेहरुलाई सम्झना गर्ने दिन पनि हो । उनीहरुको पवित्र आत्माको चिर शान्तिकोलागि ईश्वरसँग प्राथना गर्ने दिन पनि हो ।

भूकम्पको त्यो पीडा बिस्तारै भुल्दै गएका हामीले त्यो दिनलाई सम्झिरहनु पनि हुँदैन बिर्सन पनि हुँदैन त्यो कालो दिनलाई प्रतिनिधि घटनाको रुपमा लिएर भोलिका दिनमा सचेत र सजग हुनु आजको आबश्यकता हो ।

कस्तो थियो त्यो त्रासदिपूर्ण कालो दिन ? पक्कै पनि हामीले सबै ठाउको पीडा देखेका छैनौ भोगेका पनि छैनौ । हामीले संचारमाध्यमको सहायताले पीडितहरुका धेरै कथा बेथा सुनिसकेका छौ हेरिसकेका छौ । भूकम्पको त्यो बिध्वंस आफ्नना आँखाले नियालिसकेका छौ ।

मर्ने त मरेर गैहाले बाच्नेहरुको कथाहरु बेग्लै छन, बचाउनेहरुको कथा बेग्लै छन । प्रशासकको हैसियतमा सेवा प्रबाह गर्नेका कथा हरुपनी बेग्लै छन जुन हामीले सुनेका छैनौ, हेरेका छैनौ । यो सामाग्रीमा त्यस्तै एउटा पात्रको कथा भोगाइ र अनुभबलाई समेटन खोजिएको छ जो त्यो समयमा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी थिए ।

दैबी प्रकोप उद्दार समितिको अध्यक्षको हैसियतमा उनले के कस्ता कार्यहरु गरे । काठमाडौंका बिभिन्न स्थानमा भएका उद्दारका जीबन्त दृष्यसहित तात्कालीन प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालको अनुभब कस्तो थियो यो बृत्तचित्रमा समेट्न खोजिएको छ । भोलिका लागि चेतनामुलक साबित हुन सक्ने यो सामाग्रीमा कतिपय दृश्यहरु, मिल्दो गीत संगीत र तस्बिर सामाजिक सन्जाल र अन्य सर्जकहरुसँग सापटी लिइएको छ ।