काठमाडौं । नायिका खुश्बु खड्काले रिलिज हुँदै गरेको ‘उहिले बाजेको पालामा’ फिल्मबाट आफूले धेरै अपेक्षा गरेको बताएकी छिन् । फिल्मको प्रमोशनमा लागेकी खुश्वुको दिनचार्य आजकाल अलि व्यस्त छ ।
फिल्मको नामबाट आफू ज्यादै प्रभावित भएको बताउने खुश्बुले भनिन्, ‘फिल्म राम्रो बनेको छु । धेरै आशा राखेकी छु । रिलिजको दिन कुरेर बसेकी छु ।’ फिल्मको कथावस्तुका विषयमा उनले भनिन्, ‘नेपाली मौलिकता, परम्परा र धार्मिक तथा भेषभूषालाई संरक्षण गर्ने गरेर बनाइएको यो फिल्मले हाम्रो पुरानो संस्कृति बुझ्न युवापुस्तालाई सहयोग गर्छ ।’
फिल्ममा आफ्नो भूमिकाका विषयमा प्रष्ट्याउँदै खुश्बुले भनिन्, ‘चञ्चले छोरीको भूमिकामा अभिनय गरेकी छु । मेरो जोडी गणेश बेलवासे हुनुहुन्छ । पढाइमा कमजोर । पाँच कक्षामा फेल भएको विषय कथावस्तुमा छ ।’
दिलीप रायमाझी, कमल गाउँले, नवीन श्रेष्ठ, पूजा रिजाल, सपना रोका, कविता थापालगायतको अभिनय रहेको ‘उहिले बाजेको पालामा’लाई बसन्त जीएमले निर्देशन गरेका हुन् । फिल्मको संगीत बिपिन आचार्य, द्वन्द्व भरत क्षत्री, कथा गणेश बेलवासेको रहेको छ ।
फिल्मको गीत कोमल ओली, माण्डवी त्रिपाठी आचार्य, गोविन्द मधुर आचार्य र विपिन सागरले स्वर दिएका छन् । (खुश्बुका पुराना केही तस्बिरहरू)
























प्रतिक्रिया