– विजय थापा
वाशिंगटन डिसी, ११ वैशाख । अमेरिकाको ओहायो राज्यमा शुक्रबार मध्य राति मस्त सुतेको अवस्थामा परिवारका ८ सदस्यलाई गोली हानी हत्या गरिएको छ ।
परिवारका ८ सदस्यसहित ४ दिने शिशुको साथमा सुति रहेकी आमालाई समेत टाउकोमा गोलि हानी हत्या गरिएको छ । ४ दिनको शिशुसहित तीन बालबालिका बाच्न सफल भएको समाचार एसोसिएट प्रेसकी पत्रकारद्वय ड्यान सेवेल तथा लिसा कर्नवेल ले सिन सिनाटी तथा मार्क गिलिस्पीले केल्वल्याण्डबाट लेखेका छन् ।
ओहायो राज्यको गाउँमा हत्या गरिएको जानकारी पाइक काउन्टीका महा न्यायधिवक्ता माइक डे वाईन तथा प्रहरी चार्ल्स रिडर्सले जानकरी गराएका छन् । झन्डै २८ हजार जनसंख्या रहेको उक्त पहाडै पहाड भएको क्षेत्र आर्थिक रुपमा निकै कठिनाई खप्दै आएको गाउँ ओहायो राज्यको सिनसिनाटीदेखि ८० माइल पूर्व पर्दछ ।
अत्यन्तै खतरा पूर्व रहेको सामुहिक हत्याका अपराधी अझै फरार रहेको जनाईएको छ । करिब २ देखि ३ जना सम्मले यस्तो जघन्य अपराध गरेको हुन् सक्ने अनुमान गरिएको छ । ४ दिन कि सुत्केरी आमालाई हत्या गरिएको छ भने ६ महिनाका र ३ बर्षका बालबालिकालाई कुनै चोट नलागी बाच्न सफल भएको जनाईएको छ ।

अनुसन्धानको लागि झन्डै ३० जनासंग सोधपुछ गरिएको छ । के कारणले हत्या गरिएको हो भन्ने अझ पनि रहस्यमय नै रहेको छ भने रोधन परिवारकी त्यी सदस्यलाई साबधान बस्न आग्रह गरिएको छ ।
फोटोः युएसटुडे/एपी जन मिनसिलो
















प्रतिक्रिया