काठमाडौं, ११ वैशाख । पत्रकार तथा साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित अस्पताल भर्ना भएका छन् ।
सम्पत्ति विवरण नमिनेलेको भन्दै शुक्रबार अख्तियारले दीक्षितलाई घरबाटै नियन्त्रणमा लिएको थियो । अख्तियारको नियन्त्रणमै रहेका बेला स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको हो ।
अनियन्त्रित उच्च रक्तचाप र मुटुको अनुगमनको लागि वीर अस्पतालको आइसीयुमा भर्ना गरिएको अस्पतालका निर्देशक स्वयमप्रकाश पण्डितले जानकारी दिए ।
अख्तियारले उनीमाथि अनुसन्धानमा असहयोग गरेको र अन्य चार आरोप लगाएको छ ।
वीर अस्पतालमा दीक्षितलाई भेट्न उनकी श्रीमतीबाहेक अरु कसैलाई अनुमति दिइएको छैन् । उनलाई भेट्न पुगेकी उनकी पत्नी शान्ता दीक्षितले कनकले अख्तियारका प्रमुख लोकमानसिंह कार्कीलाई धन्यवाद दिएको बताइन् ।
उनले भनिन- ‘लोकमानलाई धन्यवाद छ, उनले मलाई पक्राउ नगरेको भए मेरो मुटुमा समस्या भएको पनि थाहा हुने थिएन । मुटुको परीक्षणमा समस्या रहेको थाहा पाएपछि उहाँले मलाई भन्नुभयो ।’













प्रतिक्रिया