काठमाडौं । गजलकार प्रदीपकुमार मैनालीद्धारा लिखित गजल संग्रह ‘तुलसीको पात’ आज सार्वजनिक भएको छ ।
अनाममण्डलीले आज यहाँ आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री आनन्दप्रसाद पोखरेलले सो गजल संग्रहको सार्वजनिक गर्नुभएको हो ।
मन्त्री पोखरेलले नेपाल संसारकै लागि अध्ययनस्थल ‘सांस्कृति विश्वविद्यालय’ भएको र त्यसको संरक्षण र सम्वद्धन गरी भावी पुस्तामा हस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
उहाँले संस्कृतिको संरक्षण गर्नका लागि १२५ जातजाति र १२३ धर्मलम्बीहरुको संस्कृति एकै ठाउँमा हेर्नका लागि सांस्कृतिक संग्राहालय निर्माण गर्ने आफ्नो योजना रहेको छ भन्नुभयो । मन्त्री पोखरेलले नेपाली साहित्यको माध्यमबाट मुलुकको आत्मनिर्भर परिर्वतन गर्न खबरदारी गर्ने खालको हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
प्राज्ञ वोध राणाले सरकारले संस्कृतिको जर्गेना गर्ने खालको ठोस काम गर्न आग्रह गर्नुभयो । स्थायी घर दोलखा सुन्द्रावती भई हाल भक्तपुर निवासी मैनालीको संग्रहमा ८४ वटा गजल संग्रहित छन ।
















प्रतिक्रिया