३१ आश्विन २०८३, शनिबार

स्पेनका व्यवसायीद्वारा महजोडी सम्मानित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Spain

स्पेन । नयाँ वर्षको उपलक्ष्यमा विभिन्न कार्यक्रम गर्दै यतिबेला युरोपमा रहेका महजोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई स्पेनमा रहेका नेपाली व्यवसायीहरुले सम्मान गरेका छन् ।

स्पेनको कोस्टा व्लांका को खावियामा रहेका नेपाली व्यवसायीले महजोडी सहित नेपालबाट आएका अन्य कलाकारहरुलाई सम्मान गरेका हुन् । खावियामा नेपाली व्यवसायीले चलाएको रेष्टुरेन्ट एभरेष्ट स्पाइसमा भएको सम्मान कार्यक्रममा नेपाल स्पेन समाजका ललित श्रेष्ठ लगायत एनआरएन अभियानकर्मीहरुको समेत सहभागिता रहेको थियो ।

महजोडी संगै आएका अन्य कलाकार नरेन्द्र कंशकार, गायिका माण्डवी त्रिपाठी लगायतलाई सम्मान गर्दै व्यवसायी लालबहादुर केसीले सम्पुर्ण नेपाली जनताका गहनाका रुपमा रहेका महजोडी लगायतका कलाकारलाई विदेशी भुमिमा रहेका नेपालीहरुको तर्फबाट सम्मान गर्न पाउँदा आफुहरु खुसी भएको बताए । उनले विदेशी भुमीमा रहेका सवै नेपालीहरुको चाहना नेपालमा स्थिरता कायम भै छिटो विकासको गतिमा अघि बढोस भन्ने रहेको भन्दै नेपाली राजनीतिकर्मीहरु समक्ष उक्त सन्देश पुर्याइदिन आग्रह गरे ।

उक्त अवसरमा आफुहरुलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गर्दै हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आर्चायले विदेशी भुमीमा आए सफल रुपमा व्यवसाय सन्चालन गरिरहेका नेपालीहरुसँग भेट्न पाउदा खुसी लागेको बताए ।