इस्लामाबाद, ११ वैशाख । पाकिस्तानको पख्तूनश्वाह प्रान्तमा अज्ञात समूहले गोली हानेर सो प्रान्तका मुख्यमन्त्रीका सल्लाहकार एवम् प्रान्तीय विधानसभाका सदस्य सरदार सूरन सिंहको हत्या गरिदिएका छन् ।
शुक्रबार साँझको समयमा घर जाँदै गरेका सूतन सिंह बुरेनलाई अज्ञात आक्रमणकारीले गोली हानेको बीबीसीले जनाएको छ ।
पुलिसका अनुसार सूरन सिंहलाई गोली आँखको नजिकै निधारमा लागेको छ । गोली लागेका उनलाई तत्काल अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूले उनलाई मृत घोषणा गरिदिएका थिए ।
बुनेर जिल्लाका पुलिस प्रमुख खÞालिद महमूद हमदानीले सरदार सूरन सिंहको हत्यापछि पुलिसले घटना भएको इलाकालाई घेराबन्दी गरेर हत्यामा संलग्नको खोजी सुरू गरेको बताएका छन् ।
पुलिसले सूरन सिंहको हत्यालाई ‘टारगेट किलिंग’ भएको आशंका गरेको छ । सरदार सूरन सिंह पाकिस्तानमा अल्पसंख्यक विषयमा कुरा उठाउँदै आएका थिए ।















प्रतिक्रिया