२५ कार्तिक २०८३, बुधबार

एमाले कुनै बम्पर उपहार होइनः ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli

काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले बम्पर उपहार नभएको बताएका छन् ।

शुक्रबार नेपाल कम्युनिस्ट पार्टीको ६८ औँ स्थापना दिवसको अवसरमा एमालेले गरेको कार्यक्रममा बोल्दै ओलीले भने, ‘एमाले जनताको मन जित्दै अहिलेको अवस्थासम्म आएको पार्टी हो । यो कुनै बम्पर उपहार वा गाई कि त्रिशूल गरेर जन्मिएको पार्टी होइन ।’

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै वाम शक्ति एक हुनुपर्नेमा जोड दिए । उनले भने, ‘कम्युनिस्ट पार्टी अब विभाजित र विखण्डित नभई संविधान कार्यान्वयनतिर एक भएर लाग्नुपर्छ ।’

uml-leader

समयको परिवर्तनसँगै माक्र्सवाद-लेलिनवादलाई सिर्जनात्मक रुपमा प्रयोग गर्दै एमाले जनताको बहुदलीय जनवाद ९जबज० को मार्गदर्शक सिद्धान्तका साथ अघि बढेको बताउँदै भने, ‘अब मुलुक विभिन्न चुनौतीको सामना गर्दै आर्थिक र सामाजिक रुपान्तरणको दिशातिर लाग्नुपर्छ ।’

पूर्वप्रधानमन्त्री तथा पार्टीका नेता माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलन विश्वको कान्छो आन्दोलन भए पनि अन्य मुलुकको तुलनामा उत्कृष्ट रहेको दाबी गरे ।

नेता नेपालले अब नयाँ क्रान्तिकारी विचारबाट देशको विकास गर्नुपर्ने दायित्व नेपालका कम्युनिस्ट पार्टीको काँधमा आएको बताउँदै उनीहरुले जनभावनाको कदर गर्नसक्नु पर्ने विचार प्रकट गरे ।

महासचिव ईश्वर पोखरेलले कम्युनिस्ट पार्टीले नेपाली श्रमजीवी जनताको हकअधिकारका लागि सहयोग र समर्थन गर्दै आएकाले उनीहरु लोकतान्त्रिक र सामाजिक आन्दोलनको पार्टी बन्न सफल भएको बताए ।

Uml-pro

महासचिव पोखरेलले एमालेकै सक्रियतामा संविधान जारी भएकाले कार्यान्वयनको अगुवाइ पनि पार्टीले नै लिनुपर्ने धारणा राखे ।

पार्टीका सचिव योगेश भट्टराईले अबको स्थानीय निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउनुपर्ने बताए ।

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले अब कम्युनिस्ट पार्टी एक भई देशको नेतृत्व गर्नसके संविधान कार्यान्वयन प्रक्रिया सफल हुने र मुलुकको आर्थिक विकास हुने विश्वास व्यक्त गरे । रासस