– कृष्ण ओझा
पाँचथर, १० वैशाख । पाँचथरको यासोकमा जारी प्रथम कुम्मायक–कुम्मायक आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको उपाधि आयोजक सयपत्री सर्वोतम क्लबले आफ्नै पोल्टामा पारेको छ ।
शुक्रवार भएको फाईनल खेलमा आयोजक सयपत्रि सर्वोतम क्लबले चर्च ब्वाई क्लव काठमाडौँलाई हराउँदै उपाधि उचालेकोे हो ।
आयोजकले ३–१ फराकीलो जित निकाल्दा आयोजकको तर्फबाट खेलको ३९ औँ मिनेटमा दिलेन लोक्तामले गोल गर्दै अग्रता दिलाएका थिए ।
खेलको ५२ औँ मिनेटमा ब्वाईजका खेलाडी विजय धिमालले आफ्न एरियामा आयोजकका स्टाईकर कर्ण लिम्बूलाई खेलाउँने क्रममा फल फुत्किदा आयोजकका सञ्जोक राईले विपक्षीलाई मौका नदिई जालीमा गोल गरी अग्रता फराकिलो बन्यो ।
खेलको ५८ औँ मिनेटमा ज्याङवे सेर्पाले प्रहार गरेको कर्नरलाई ब्वाईजक अजय मार्टिनले जाली चुमाए । यो गोल ब्वाईजका लागि अन्तिम बन्न पुग्यो ।
खेलको ६८ औँ मिनेटमा सन्जोक राईले दिएकोपासलाई कर्ण लिम्बुले गोल गरेसँगै जित फराकिलो बन्न पुग्यो हो ।
फाईनल खेलको म्यान अफ दि म्याच आयोजकका लिम्बु बने । प्रतियोगिता भरिकै सर्वोकृष्ट खेलाडी आयोजकका सन्जोक राई भए ।
बेष्ट गोल किप्पर पूर्ण लिम्बू,वेष्ट डिफेण्डर एपिएफका देवेन्द्र लामा, वेष्ट मिल्डफिल्डर आयोजका विजय धिमाल,सर्वाधिक गोलकर्ता आयोजककै गणेश हिम्राङ र वेष्ट फरवार्ड ब्वाईजका अजय मार्टिन बने ।
















प्रतिक्रिया