२५ कार्तिक २०८३, बुधबार

देउवा सरकार परिवर्तन होइन् श्रीमतीको उपचारको लागि दिल्ली गएका हुनः महत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-Saran-mahatकाठमाडौं, १० वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. प्रकाश शरण महतले बर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको बताएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उनले सरकारको कामकारवाहीको विरुद्धमा संसदको बैठकमा कुरा उठाउनेदेखि विरोध र घेराउसम्म गर्ने तयारी कांग्रेसको रहेको सुनाए ।

डा. महतले अहिलेको सरकार आफ्नै अन्र्तविरोधको कारण लामो समयसम्म नटिक्ने दाबी गर्दै नयाँ सरकार गठनको अवस्थामा ठूलो दलको नाताले स्वभाविक रुपमा कांग्रेसले नेतृत्व लिने र त्यसको नेतृत्व संसदीय दलका नेता शेरबहादुर देउवाले स्वभाविक रुपमा गर्ने बताए ।

उनले सभापति देउवा नयाँ दिल्ली सरकार परिवर्तनको लागि नभई श्रीमतीको उपचारको लागि गएको दावी गर्दै भने,‘ यहाँको सरकार निर्माण गर्ने कुरा भारतमा गएर निर्णय हुँदैन । यही राष्ट्रिय बस्तुस्थितिको आधारमा निर्णय गर्छौ ।’ यद्यपी उनले मधेसीसहित विभिन्न पक्षको मागलाई भने सबै दलको सहयोगमा समाधान गर्ने स्पष्ट पारे ।