२५ कार्तिक २०८३, बुधबार

डाक्टर र वैद्य पार्टीमा नहुँदा मनोवैज्ञानिक रुपमा हामी कमजोर भयौंः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-Dang (1)

– शरद रेग्मी
दाङ, १० बैशाख । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाओवादीको नेतृत्वमा राष्ट्रिय एकता आवश्यक भएको बताउनुभएको छ ।

नेपाल बुद्धिजिवी संगठन दाङको सम्मेलन उद्घाटन गर्दै प्रचण्डले संघीयता, धर्मनिरपक्षता, गणतन्त्र र समानुपातिक समावेशी लागु गर्नका लागि बृहत्तर राष्ट्रिय एकता आवश्यक भएको बताउनुभएको हो । ‘जनयुद्ध र शान्तिप्रक्रियाको नेतृत्व गरिसकेको हैसियत र अहिलेको आवश्यकताको आधारामा राष्ट्रिय एकताको नेतृत्वले माओवादीले नै गर्छ,’ उहाँले भन्नुभयो– ‘पूँजीवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति पूरा गर्न सबै केन्द्रित हुनुपर्छ ।’

राजनीतिक रुपमा उपलब्धिहरु हासिल भएपनि जनताका आवश्यकताहरु अँझै पूरा हुन नसकेकाले क्रान्तिकारी शक्तिहरु गोलबन्द हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

क्रान्तिको नेतृत्व गरेको माओवादी शक्ति विभाजित हुँदा सबैको चित्त दुखेको प्रसंग कोट्याउँदै प्रचण्डले सबै माओवादी शक्तिहरु एक ठाउँमा आउन जरुरी भएको धारणा व्यक्त गर्नुभयो ।

केही नेताहरु पार्टीबाट बाहिरिदा पार्टी कमजोर भएको जस्तो देखिएको उहाँले बताउनुभयो । ‘विरामी हुँदा उपचार गर्ने डाक्टर र वैद्य अहिले हाम्रो पार्टीभित्र हुनुहुन्छ, यसले मनोवैज्ञानिक रुपमा पार्टी कमजोर भएको प्रचार भएको छ’–प्रचण्डले भन्नुभयो– ‘संगठनका हिसाबले माओवादी कमजोर भएपनि नेतृत्व र एजेण्डाको आधारमा माओवादी एक नम्बरको पार्टी हो ।’ दुई वर्षभित्र संगठनको हिसाबले पनि पार्टीलाई एक नम्बरको बनाउँन सबै नेता कार्यकर्ता लाग्नुपर्ने उहाँको भनाई थियो । वुद्धिजिवीहरुलाई अहिले प्राप्त भएका उपलब्धिहरुका विषयमा जनतालाई बुझाउन आग्रह गर्नुभयो ।

संगठनका संयोजक अरुणकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सर्जन गौतमले गर्नुभएको थियो । सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने छ । अहिले प्रचण्ड तुलसीपुरको अरनिको मैदानस्थित थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलमा सहभागी हुनुभएको छ ।