काठमाडौं, १० वैशाख । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसको अधिकार प्राप्तिका लागि सशक्त आन्दोलन सुरु भएको घोषणा गरेका छन् ।
आफ्नै पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी संघीय गठबन्धनका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै उनले मधेसका माग अब सरकारले बाध्य भएर सम्बोधन गर्ने दाबी गरे ।
उनले भने- ‘आन्दोलन पुनः सुरु भयो । अधिकार प्राप्त गरेरै छाड्छौं । प्रधानमन्त्री र गृहमन्त्रीले चेतावनी मात्रै दिन्छन् । आन्दोलनकारीका माग पुरा गर्नुभन्दा पनि चिढ्याउने गर्छन् । अब बाध्य भएर माग पुरा गर्नुपर्छ । आन्दोलन अगाडि बढ्यो । हामीमा विभाजन छैन् एकताबद्ध छौं ।’
गठबन्धनले मधेसका मागहरु पुरा गर्नका लागि वैशाख १५ देखि जेठ १ सम्मका लागि सरकारी कार्यालयमा कालो झण्डा गाड्नेदेखि सिंहदरबार घेर्नेसम्मका आन्दोलनका कार्यक्रम ल्याएको छ ।












प्रतिक्रिया