२५ कार्तिक २०८३, बुधबार

मधेसी मोर्चाले घोषणा गर्यो ठूलो आन्दोलन- कालो झण्डा गाड्नेदेखि सिंहदरबार घेर्नेसम्म

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-madeshi

– विमल योगी

काठमाडौं, १० वैशाख । मधेसवादी दल आबद्ध संघीय गठबन्धनले सिंहदरबार घेराउसहित ८ बुँदे देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

शुक्रबार संघीय समाजवादी फोरम नेपालको कार्यालय तिनकुनेमा बसेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा जेठ १ गते सिंहदरबार घेराउसहितको कार्यक्रम घोषणा गरिएको हो ।

पत्रकार सम्मेलनमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूमा कुनै प्रकारको बिभाजन नरहेको बताउनुभयो । ‘हामीमा कुनै पनि प्रकारको विभाजन छैन’, उहाँले भन्नुभयो, ‘पत्रपत्रिकाले लेखेको मात्रै हो ।’

Morcha-madeshi-1

अध्यक्ष यादवले प्रधानमन्त्री केपी ओली र गृहमन्त्री शक्ति आन्दोलन भड्काउन लागेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘समस्या समाधान भन्दा पनि समस्या बल्झाउनतर्फ प्रधानमन्त्री र गृहमन्त्री लागेका छन् ।’

संघीय गठबन्धनले वैशाख १५ देखि जेठ १ गतेसम्मका लागि ८ बुँदे संषर्घका कार्यक्रमहरुको घोषणा गरेको छ । मधेसी र आदिवासीका माग पूरा गर्नका लागि गठबन्धनले कालो झण्डा गाड्नेदेखि सिंहदरबार घेर्नेसम्मका कार्यक्रम ल्याएको हो । तर, अब नाकाबन्दी गर्ने कुनै कार्यक्रम नभएको गठबन्धनले जनाएको छ ।

आन्दोलनका अन्य कार्यक्रममा सरकारी कार्यालयमा विरोध स्वरुप कालोझण्डा देखाउने, देशभर विरोध र्याली, कोणसभा र आमसभा गर्ने, प्रमुख क्षेत्रीय सहरमा विरोधसभा गर्ने र सिंहदरबार घेर्ने रहेका छन् ।

morcha-press-releise morcha-press-releise-1