साउदी अरब, १० वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामाले साउदी अरबमा खाडी मुलुक राष्ट्र प्रमुखलगायतका नेतालाई भेटेका छन् ।
अमेरिका र खाडी मुलुक तेलको मूल्यमा भएको गिरावटलाई उकास्न सँगसँगै काम गर्ने र तेलको मूल्यमा आएको गिरावटबाट परेका असरलाई विस्तारै कम गर्दै जाने अमेरिकी राष्ट्रपति ओबामाले रियादमा खाडी मुलुकका नेतासँगको भेटमा बताए ।
अमेरिका र खाडी राष्ट्रहरुले छिट्टै आर्थिक विषयमा उच्चस्तरीय वार्ता गर्ने र यसले तेलको मूल्यमा देखिएको कमीलाई समायोजन गरी अमेरिकाको खाडी मुलुकसँगको ऐतिहासिक सम्बन्धलाई थप बलियो पार्ने कार्य गर्नेछन्, ओबामाले बताए । खाडी मुलुकको विकासका लागि अमेरिका सधैँ सहयोगी रहनेसमेत राष्ट्रपति ओबामाको जोड थियोे ।
इरानलाई परमाणु गतिविधि नियन्त्रण गर्ने प्रयास स्वरुप लगाइएको नाकाबन्दीलाई इरान र विश्व शक्ति राष्ट्रबीच भएको परमाणु सम्झौतापछि रुष्ट देखिएका खाडी राष्ट्रका नेताहरुसँगको भेटमा ओबामाले आतङ्कवादविरोधी अभियानमा पुराना सहयोगी साउदी अरबलगायतका खाडी मुलुकको सहयोगको प्रशंसा गरे ।
ओबामा र साउदी राजा सलमानबीच भएको करिब दुई घण्टा लामो वार्तालाप खुला भएको ओबामाका सहयोगी रोडेसले बताए ।
यसैबीच साउदी अरबका राजकुमार तथा पूर्व गुप्तचर प्रमुख टर्की अल फैसलले सीएएनएनलाई अमेरिकी राष्ट्रपति ओबामाको व्यवहार र वचनबद्धतापछि साउदी अरबले अमेरिकामा पहिलोभन्दा व्यापक परिवर्तन आएको बताए ।
ओबामासँगै रियादमा पुगेका अमेरिकी रक्षामन्त्री एस्टन कार्टरले बुधबारले आफ्ना खाडी मुलुकका समकक्षीसँग आतङ्कवादविरद्धको लडाइँमा अहिलेको भन्दा थप सहयोग पुर्याउन आग्रह गरेका थिए । रासस/एएफपी
















प्रतिक्रिया