मुम्बई, १० वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराइजर्स हैदराबादले गुजरात लायन्सलाई १० विकेटले पराजित गरेको छ ।
बिहीबार राति राजकोटमा भएको खेलमा गुजरात लाइन्सले दिएको १ सय ३६ रनको लक्ष्य हैदराबादले १४.५ ओभरमा विना विकेटको क्षतिमा भेट्टायो ।
हैदराबादका लागि डेबिड वार्नरले ७४ र शिखर धावनले ५३ रनमा नटआउट रहे । ४८ बलको सामना गरेका वार्नरले ९ चौका प्रहार गर्दै ७४ रन बनाए भने ४१ बलको सामना गरेका ५ चौका प्रहार गरेका थिए ।
टस हारेर पहिले ब्याटिङको निम्तो गरेको गुजरातका लागि कप्तान सुरेश रैनाले ७५ रन बनाए । ब्रेन्डम म्याकलमले १८, रविन्द्र जडेजाले १४ रन जोड्नु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
हैदराबादका भुवनेश्वर कुमारले ४ विकेट लिए भने, बरिन्द्रर स्रान, मुस्तफिजुर रहमान, दिपक हुड्डा र विपुल शर्माले समान १–१ विकेट लिए । एजेन्सी















प्रतिक्रिया