कपिलवस्तु, १० वैशाख । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–७ पिपरीस्थित दलित बस्तीमा आगलागी हुँदा ३५ वटा घरगोठ जलेर नष्ट भएका छन् ।
बिहीबार दिउँसो करीव पौने चार बजे पिपरी गाउँका चिन्ने मुसलमानको घरमा चिया पकाउने क्रममा लागेको गलागीबाट त्यसकोआसपासमा रहेका घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीमा परी चिन्ने मुसलमान, रामअञ्चल केवट, झिन्कु कँहारलगायतका घरगोठ जल्दा अनुमानित ६० लाख बराबरको क्षति भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख राजनकुमार सिलवालले बताउनुभयो ।
आगलागीपछि सो स्थानका मानिस घर छाडेर भागेकाले क्षतिको विवरण अझ बढ्न सक्ने जनाइएको छ । आगलागीबाट मानवीय क्षति भने भएको छैन ।















प्रतिक्रिया