३१ आश्विन २०८३, शनिबार

चलचित्र पर्शुरामको दाङबाट शुटिङ सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parashurama

– निशानदाजु भट्टराई
दाङ । केन्द्र तथा स्थानीय कलाकारहरुको भूमिका रहेको बहुचर्चित चलचित्र पर्शुरामको छायाङ्कनका लागि चलचित्र कलाकार र प्राविधिक टोली दाङ आइपुगेको छ ।

बुधवार एक कार्यक्रम गरी पर्शुराम चलचित्रको छायांकनका क्रममा दाङ आएको टोलीलाई स्वागत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रतिष्ठित उद्योगी दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष खड्ग बुढाथोकीले टिका लगाएर चलचित्रका कलाकारहरुलाई स्वागत गर्नुभएको थियो । चलचित्रका निर्माता युवा ब्यवसायी महेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्रको छायाङ्कनका लागि लागि प्रोडक्सन म्यानेजर दिलिप पन्तको नेतृत्वमा काठमाडौबाट आएको नायिका जाहान्वी बस्नेत, मेकअप आर्टिस्ट संगिता लामा, क्यामेरा मेन कृष्ण श्रेष्ठसहीतको कलाकार र प्राविधिक टोलिलाई स्वागत गरिएको थियो ।

बुधवारवाट औपचारिक रुपमा चलचित्रको छायाङ्कन आरम्भपनि भएको छ । नेपाली तथा हिन्दी चलचित्रहरु निर्माण गरि सक्नुभएका युवा निर्देशक एनआर घिमिरेको लेखन तथा निर्देशनमा बन्न लागि रहेको पर्शुरामको सबै छायांकन दाङमा हुनेछ । ब्ल्याक चिल्ली इन्टरटेनमेन्टको व्यानमार निर्माण हुन लागि रहेको चलचित्र पर्शुरामको छायांकन दाङका बजारहरु, यहाँका पर्यटकीय क्षेत्रहरुमा हुने चलचित्र युनिटले जनाएको छ । यसअगाडि चैत्र २६ गते दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खड्ग बुढाथोकीले नै चलचित्रको शुभमुर्हत गर्नुभएको थियो ।

चलचित्रको सुटिङ र प्राविधिक काम एकमहिना भित्रमा नै सक्ने र आउँदो जेष्ठ या असार महिनामा चलचित्र रिलिज गर्ने तयारी गरिएको चलचित्रका निर्देशक घिमिरेको भनाई छ ।

समाजमा भइरहेको अवैध काम र अन्यायबिरुद्ध निर्माण हुन लागिरहेको चलचित्र पर्शुराममा नायकमा भारतीय मद्रासी चलचित्रहरुमा नायककारुपमा चर्चित करण केसी, विभिन्न चलचित्रहरुमा अभिनय गरेर चर्चा कमाउनु भएका कुशल थापा, भारतमा चलचित्र सम्बन्धी विशेष प्रशिक्षण लिएर नेपालका विभिन्न चलचित्र र गीतहरुमा मुख्य भूमिका खेल्नुभएकी नायिका स्वस्तिका क्षेत्री, चलचित्र क्षेत्रमा छोटो समयमा नै व्यापक चर्चा कमाउन सफल चर्चित नायीका जाहान्वी बस्नेतको मुख्य भूमिका रहनेछ ।

यसैगरी चलचित्रमा नवराज रावत, घनश्याम गिरी, तेजा ऐर, भानु प्रताप, ध्रुवराज अधिकारीलगायतको पनि विशेष भूमिका रहनेछ । स्थानीय कलाकारहरुको समेत व्यापक सहभागिता रहने चलचित्रमा सँगीत टंक बुढाथोकी, ओम सुनार रहेको छ । चलचित्रको निर्माता महेन्द्र बुढाथोकी र राज राना, सहनिर्माता यादव सैघाली र कार्यकारी निर्मातामा सविन प्रियासन हुनुहुन्छ ।