– अनिल खत्री
गुल्मी । लोक तथा दोहोरी गायक रामचन्द्र चन्द बिवाह बन्दनमा बाधिनु भएको छ ।
गुल्मी जिल्लाको अगलुङ्ग गाविस वडा नं. ९ निवासी भिमसेन चन्दका छोरा गायक चन्दको जिल्लाको शान्तिपुर गाविस वडा नं. १ निवासी श्रीराम थापाको छोरी सृष्टी थापा संग बैवाहारिक बन्धनमा बाधिनु भएको छ । उहाँको हिन्दु परंपरा अनुसार उहाँको सदरमुकाम तम्घासमा रहेको निवासबाट शान्तिपुरमा गई बिवाहा सम्पन्न भएको छ ।
लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीका निर्वतमान अध्यक्ष समेत रहेका गायक चन्दलाई दामपत्य जिवनमा बाधिनु भएकोमा प्रतिष्ठान जिल्ला खाशा गुल्मीले शुभकामना प्रदान गरेको छ प्रतिष्ठान गुल्मीका सचिव जनक पन्थले उहाँको दामपत्य जिवन शुखमय तरिकाले बितोस भन्दै शुभकामना प्रदान गर्नु भएको थियो ।

२०६३ सालामा ‘माया सारै छ बाचिन्थ्यो कि तिम्रो साथ पाए त नत्र गारै छ’ बोलको लोक तथा दोहोरी गितबाट गायन क्षेत्रमा लागेका गायक चन्द्रका आफनै सृजनामा एक दर्जन भन्दा वढी आफनै एल्वमहरु छन् भने करिब २ सय भन्दा वढी एल्बमहरुमा आफनो आवाज दिएर गितहरु बजारमा आएको बताए । उनले बजारमा ल्याएका प्रायो जसो गितहरु माया प्रेममा आधारित गितहरु गाउँने तथा सृजना गर्ने गरेका छन् ।
पछिल्लो समय यता गुल्मी जिल्लाको धार्मिक तथा ऐतिहासिक महत्व बोकेको गुल्मीको सान भन्ने गितले उनलाई निकै चर्चाको शिखरमा पु¥याएको छ । जिल्लाको धार्मिक तथा पर्यटकिय क्षेत्रलाई बिश्व सामु चिनाउने उदेश्यले उनले उक्त गित तयार गरेको थियो । धार्मिक तथा पर्यटकिय क्षेत्रहरुले धनि जिल्ला भएकोले यसलाई सबै सामु चिनाएर आन्तरिक तथा बाहय पर्यटक भित्राउन उक्त गितले निकै महत्व राखेको छ ।
पछिल्लो समय यता उनि गुल्मी जिल्लामा हुने कार्यक्रमहरु सगै नेपालका बिभिन्न स्थानमा हुने महोत्सव तथा बिभिन्न कार्याक्रमहरु व्यास्त छन् । नेपालका बिभिन्न कार्यक्रहरु सगै नेपाल बाहिर हुने कार्यक्रमहरुमा पनि उनको लोकप्रियता वढदै गएको छ । केहि समय पहिले कार्याक्रमको शिलशिलामा उनि बिदेसका तिन वटा देसमा पुगेका छन् ।
लोक तथा दोहोरी गित सगै गुल्मी जिल्लाको गित गाएर लोकप्रिय बनेका गायक चन्दले अब छिट्टै राष्ट्रिय गित गाउँने तयारीमा रहेको बताए । गायन क्षेत्र सगै उनि गुल्मी जिल्लाका बिभिन्न सामाजिक कामहरुमा पनि सक्रिय रहदै आएका छन् ।
केहि वर्ष पहिले उनि गुल्मीमा रहदा कला साधन केन्द्र खोलेर सिकाउने गर्दथे भने लगतै उनि केहि वर्ष सञ्चारकर्मी बनेर पाल्पाको पश्चिमाञ्चल एफ एममा काम गर्दै संगित क्षेत्रलाई पनि उनि अगाडी बढाएका थिए । लामो समय सम्म संगित क्षेत्रमा संघर्ष गरेर अगाडी वढेका गायक चन्द अहिले सबै तिर लोक प्रिय बन्दै गएका छन् ।
लोक तथा दोहोरी गित सृजना सगै हारमुनियम, सारङ्गी, सनै, मादलका कुशल बाध्यबाधनको रुपमा पनि उनलाई लिन सकिन्छ । गायक चन्दले दिने प्रस्तुतिमा परक खालको हुने हुँदा उनलाई वालक देखि बृद्धा सम्मका पुस्ताले निकै मन पराउने गर्दछन् । सानै देखि संगित क्षेत्रतिर रुची रहेकाले गित संगित क्षेत्रलाई कला गलाले साथ दिहुञ्जेल संगित क्षेत्रलाई मुख्य पेसा बनाउने उनको सोच रहेको छ ।
















प्रतिक्रिया