१ कार्तिक २०८३, शनिबार

ला लिगामा भिल्लारियल पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3360596800000578-0-image-a-58_1461187316120लन्डन, ९ वैशाख । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले भिल्लारियललाई पराजित गरेको छ ।

बुधबार राति आफ्नै घरेलु मैदान सान्टियागो बर्नबाउमा भएको खेलमा रियल मड्रिडले भिल्लारियललाई ३–० गोल अन्तरले पराजित गर्दै लिग लिडर बार्सिलोनामाथि दबाब कायमै राखेको हो ।

खेलको ४१ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको रियलले दोस्रो हाफमा थप दुई गोल गरेको थियो ।

खेलको ६९ औं मिनेटमा लुकासले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारे । यस्तै खेलको ७६ औं मिनेटमा लुका मोर्डिकले गोल गर्दै रियललाई ३–० को जित दिलाए ।

जितपछि ३४ खेलबाट ७८ अंक जोडेको रियल मड्रिड लिगको तेस्रो स्थानमा छ र लिग लिडर बार्सिलोना र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडभन्दा एक अंकलेमात्रै पछि छ ।

रियल मड्रिड, एथ्लेटिको मड्रिड र बार्सिलोना तीनै शीर्ष टोलीले जित हातपारेपछि उपाधि होड थप रोमाञ्चक बनेको छ । एजेन्सी