– अनिल खत्री
गुल्मी, ८ वैशाख । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन कुमार थापाले संबिधान कार्यान्वयनका लागि स्थानिय निकायको निर्वाचन आबश्यक रहेको बताउनु भएको छ ।
नेपाल बिद्यार्थी संघको ४६ औं स्थापना दिवसको अबसरमा बुधवार नेपाल बिद्यार्थी संघ गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको संबिधान कार्यान्वयनका लागी दवाव अभियानको उद्घाटन गर्दै नेता थापाले स्थानीय निकायको निर्वाचन पश्चात यो संबिधानको एक खुडकिलो पुरा हुने र संबिधान कार्यान्वयनको महत्वपूर्ण कार्यभार पुरा हुने बताउनुभयो ।
अहिले संबिधान संशोधन गर्नु हुदैन भन्ने पक्ष र यो संबिधानले केहि पनि दिएको छैन् भन्ने पक्ष हावीहुँदा संबिधान कार्यान्वयनमा केहि ढिलापन आएको हुँदा यी दुबै पक्षको अत्य गरि संबिधान कार्यान्वयनमा सबै दल एकजुट भएर अगाडी बढ्ने बेला आएको बताउनुभयो ।
संबिधानले सबैलाई बराबर अधिकार दिएको बताउँदै नेता थापाले संबिधानले सबै धर्म, जात जाति सबै समुदायको अधिकारलाई सुनिश्चत गरेको बताउनुभयो ।
नेपाली कांग्रेस अहिले सरकारमा जानु भन्दा आफनै नेतृत्वमा जारी संबिधानलाई कार्यन्वयन गर्नु मुख्य कार्यभार रहेकाले अहिले सरकार कुनै ठुलो विषय नभएको बताउनुभयो । नेता थापाले भन्नुभयो– ‘जारी संबिधानलाई कार्यन्वयनसँगै बिकास निर्माणको काममा लाग्न नेपाली कांग्रेसले नेतृत्व गर्नुपर्ने बताउनुभयो । जनतालाई अबको एक वर्षभित्र संबिधान कार्यान्वयन सगै परिर्वतनको अनुभुती दिलाउने खालको काम गर्नुपर्ने बताउनुभयो ।
















प्रतिक्रिया