– कृष्ण ओझा
पाँचथर, ८ वैशाख । पाँचथरको यासोकमा जारी प्रथम कुम्मायक कुस्सायक आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा सेमिफाईनलका खेल सुरु भएका छन् ।
बुधवार भएको पहिलो सेमिफाईनलमा ताप्लेजुङलाई पराजित गर्दै चर्च ब्वाईज क्लब काठमाडौ फाइनल प्रबेश गरेको छ ।
यासोक खेलमैदानमा सम्पन्न खेलमा चर्च ब्वाईजका तर्फबाट दिपेश श्रेष्ठ र मार्टिनले गोल गरेका थिए । दिपेशले टिमका लागि दुई गोल गरेका छन् भने मार्टिनले थप एक गोल गर्दै टिमलाई ३ दुईको नतिजा दिलाएका हुन ।
ताप्लेजुङका लागि कृष राईले एक्लै दुई गोल गरे पनि जितका लागि पर्याप्त हुन सकेन । अयोजकले ताप्लेजुङका कृष राईलाई पहिलो सेमिफाईलनका लागि म्यान अफ द म्याचको उपाधि दिएको छ ।
प्रतियोगितामा बिहिवार दोस्रो सेमि फाईनलमा आयोजक सयपत्रि रातो र बिआरसी भुटानबीच प्रतिश्पर्धा हुने भएको छ ।
यासोक मैदानमा दिउँसो दुई बजे खेल हुने बाताईएको छ । बिहिवार हुने खेलबाट फाईनल समिकरण पुरा हुनेछ ।
प्रतियोगितामा ए डिभिजनमा खेल्ने खेलाडी समाबेश भएका ८ टिम सहभागी छन । १० बैशाख सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले नगद एक लाख ५० हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।















प्रतिक्रिया