मुम्बई । बलिउड अभिनेत्री दीपिका पादुकोणको निद्रा हालका दिनहरुमा हराएको छ ।
आफ्नो हलिउड फिल्मका लागि उनी विदेशमा छिन् र यता बलिउडमा उनका ब्वाईफ्रेण्ड रणवीर सिंहको कामको बारेमा जानेर दीपिका मात्रै कोही पनि आश्चर्यमा पर्नेछ ।
रणवीर सिंह आगामी फिल्म ‘बेफिक्रे’को पहिलो पोस्टरमाफिल्मकी हिरोइन वाणी कपुरसँग किस गरिरहेको देखिएका छन् । यति मात्रै होइन उनले किस ब्वाय इमरान हाशमीलाई पनि टक्कर दिँदै फिल्ममा एउटा किस होइन पुरै रेकर्ड तोडेका छन् ।
बलिउड लाइफका अनुसार वाणी कपुर र रणवीर सिंहबीच फिल्ममा २३ वटा सीन छन् । यसरी हेर्दा दुई घण्टाको फिल्ममा रणवीर हरेक पाँच मिनेटमा हिरोइनलाई किस गरिरहेका देखिन्छन् ।
उसो त दीपिका र रणवीरको प्रेम सम्बन्ध धेरै माथि पुगेको बताइन्छ । साथै दीपिकालाई थाहा छ कि यो किस मात्र फिल्ममा हो तर, रणवीरले अर्की युवतीसँग अन्तरंग हुँदा उनलाई नराम्रो लाग्ने नै भयो ।
एकै फिल्ममा २३ किस सीन दिएर रणवीरले इमरान हाशमीलाई पनि टक्कर दिएका छन् ।
















प्रतिक्रिया