३१ आश्विन २०८३, शनिबार

हट अवतारमा देखिइन मोडल जान्वी (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Janwi Bohara2

काठमाडौं । रंगमञ्चबाट टेलिश्रृंखला, दुई दर्जन म्युजिक भिडियो, केहि ब्यवसायीक बिज्ञापन, चलचित्रमा अभिनय गरकी जान्वी बोहरा म्युजिक भिडियोमा जम्दै आएकी छिन् ।

उनले अभिनय गरेको म्युजिक भिडियोहरुले एक पछि अर्को गर्दै दर्शकको मन जित्दै आएको छ । जान्वी एक दशक देखी अभिनय क्षेत्रमा सक्रिय रहेकी छिन् । दर्शकको मन जित्दै आएकी जान्वीले अभिनय गरेको चित्त मेरो मनको गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएको थोरै समयमा गीतलाई दर्शकले अत्याधिक रुचाएका छन् । उनको अभिनयलाई दर्शकले खुलेर प्रशंसा गरेका छन् । जान्वी बोहरालाई अभिनयमा साथ प्रेम र रितुले दिएका छन् ।

यस गीतमा स्वर इरा न्यौपानेको रहेको छ भने शब्द प्रेम न्यौपाने र संगीत प्रेमिराको रहेको छ । राजेन्द्र पाण्डेको निर्देशनमा तयार भएको भिडियोलाई ज्ञानेन्द्र शर्माको छांयाकन रहेको छ । म्युजिक भिडियोको सम्पादन पाण्डेको नै रहेको छ । फलो फोकसले बजार ब्यवस्थापन गरेको छ ।

janwi bohara3 janwi bohara5 janwi bohara6 janwi bohara7 janwi bohara10 janwi bohara33