२५ कार्तिक २०८३, बुधबार

शक्तिशाली अमेरिका १ घण्टामै डुब्यो, आपतकाल घोषणा (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amrica-Badhi

काठमाडौं, ७ वैशाख । अमेरिकामा मंगलबार भीषण वर्षापछि आएको तुफान र बाढीका कारण पाँच जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार एक महिनामा लगातार पर्ने पानी एक घण्टामै वर्षीएपछि अमेरिकाको हस्टन र टेक्सास डुबानमा परेका छन् ।

डुबानपछि टेक्सास राज्यका गभर्नर ग्रेग अब्बोटले हस्टनमा आपतकाल घोषणा गरेका छन् । मौसमविदका अनुसार त्यहाँ सोमबार मात्रै ४४.७ सेमि पानी परेको थियो ।

Amrica-Badhi-1

छोटो समयमा अत्याधिक पानी परेपछि आएको बाढीका कारण हस्टनमा १२ सय जनाको उद्धार गरिएको छ । अमेरिकाको चौथो ठूलो शहरका ७० हजार बासिन्दा अहिले लोडसेडिङमा बस्न भएका छन् ।

यो वर्षा र बाढीलाई ऐतिहासिक भनिएको छ । हस्टनका सडक पानीमा डुबेका छन् र मानिसहरुको घरभित्र पानी पसेको छ ।

बाढीपछि बच्चा, महिला र बृद्धलाई उद्दार गर्ने काम भइरहेको छ उनीहरुलाई सुरक्षित ठाउँमा लगिदैछ । बाढीबाट स्कुल, यातायात, विमानस्थल सबै प्रभावित भएका छन् ।

Usa-badhi-4Usa-badhi Usa-badhi-1 Usa-badhi-2 Usa-badhi-3  Usa-badhi-5