२५ कार्तिक २०८३, बुधबार

सगरमाथा संसारभर रोएको त्यो क्षण…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjay-Pandit

– संजय पण्डित
अप्रिल १८ २०१४ बिहानको समय सबै आरोही तथा पथ प्रदर्शक आफ्नो जीवनमा एउटा अविस्मरणयीय क्षण प्राप्तिको लागि आधार शिविरबाट क्याम्प एक तर्फदेखि आफ्ना पाइला आगाडि लम्काइरहेका थिए ।

स्वास फेर्न पनि निकै गार्हो हुने खुम्बु क्षेत्रमा हिडिरहेको बेला हिउ भर्यांङ्गहरुको निर्माण गर्दै आइस फल डाक्टरहरु तल्लिन थिए । केही आरोहीमाथि पुगिसकेका थिए भने केहि भर्यांङ्ग निर्माण गर्न लागेको हुँदा तल बसिरहेका थिए ।

अकस्मात ठूलो हिम पहिरो आयो, आरोहीहरु भागाभाग हुने अवस्था आयो । धेरै आरोहीहरुलाई निर्दयी हिमपहिरोले तत्काल काल (मृत्यु)को मुखमा पुर्यायो भने कैयौ आरोहीहरु चिसो हिमपर्बतमा हराइरहे ।

सगरमाथामा आहिले सम्मकै दर्दनाक घटना हुन पुग्यो त्यो क्षण । संसार भरका संचार माध्यममा प्राथमिकता साथ अप्रिल १८ सोमबारको दिनलाई सगरमाथा कालो दिनको रुपमा प्रस्तुत गरियो ।

वर्ष २०१४ मा सगरमाथा आरोहणमा रोक लगाइयो । दोर्जे खत्री जस्ता प्रख्यात आरोही लगायत १६ जना पर्वतारोहीले हिम पहिरोमा ज्यान गुमाउनुपर्यो ।

संसारकै हिमाल आरोहणमा यो घटना निकै दुःख र कष्ट रुपमा लिइयो ।

(पण्डित कृतिमानि विश्व पर्वतारोही एवं सगरमाथा आरोही हुन ।)