२५ कार्तिक २०८३, बुधबार

खरुखुरु तलब, भत्ता लिएको भन्दै मधेसी नेताविरुद्ध बाबुराम यसरी कुर्लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburamमहोत्तरी, ७ वैशाख । नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले संविधानसभाबाट नयाँ संविधान घोषणा अपूर्व ऐतिहासिक उपलब्धि रहेको बताउनु भएको छ ।

महोत्तरीको बर्दिवासमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले ऐतिहासिक उपलब्धिलाई आत्मसात् गर्न नसक्नु लोकतान्त्रिक आन्दोलनकै अबमूल्यन हुने बताउनुभयो ।

नयाँ संविधान घोषणासँगै मुलुक अब आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेको भट्टराईको भनाई छ । आफूले यसै चरणलाई पहिचान गरेर आर्थिक विकास र समृद्धिको लडाइँका लागि राजनीतिमा नयाँ शक्तिको आवश्यकता महसुस गरेर अघि बढेको उहाँले बताउनुभयो ।

मधेसमा आन्दोलनको तयारीमा रहेका दललाई भट्टराईले विगतको नाकाबन्दी र हडतालले आर्थिक, सामाजिक र राजनीतिक रुपमा थिलथिलो भएको मधेसमा अब आर्थिक समृद्धिको आन्दोलनको अगुवाइ गर्न अपील गनुभयो ।

‘संविधान मान्दैनौँ भन्दै खुरुखुरु संसद्को भत्ता लिँदै सत्ताका लागि भइरहेका दाउपेच जनताले देखिबुझी मूल्याङ्कन गरिरहेका छन्’, संयोजक भट्टराईले भन्नुभयो ।

अब संविधानमा उल्लेख हुन छुटेका राजनीतिक अधिकार र प्रदेश सीमाङ्कनसम्बन्धी असन्तुष्टिको सम्बोधन आपसी वार्ताबाटै समाधान हुनसक्ने भन्दै भट्टराईले सरकार र मधेसी दल दुवै लचिलो भने हुनुपर्ने बताउनुभयो ।