
काठमाडौं, ७ वैशाख । आन्दोलनको कार्यक्रम र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न संघीय गठबन्धनको बैठक बस्दैछ ।
काठमाडौंको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बिहान एघार बजेपछि बस्ने बैठकमा आन्दोलनको समीक्षा हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो । ‘सोमबार बृहत अन्तरक्रिया सम्पन्न भएको छ’, उहाँले भन्नुभयो, ‘अब कसरी अगाडि बढ्ने भनेर समीक्षा गर्न संघीय गठबन्धनको बैठक बोलाइएको हो ।
राजधानी केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेको संघीय गठबन्धनले तेस्रो जनआन्दोलन गर्ने जनाउँदै आएको छ ।












प्रतिक्रिया