३१ आश्विन २०८३, शनिबार

स्वीडेनमा ‘मह साँझ’मा मह जोडीको विशेष प्रस्तुति

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maha Jodiस्वीडेन । गैर आवासीय नेपाली संघ, स्वीडेनले नयाँ वर्ष २०७३ को अवसर पारेर हास्य लाकारद्वय हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठको प्रस्तुतिसहित भव्य कार्यक्रम सम्पन्न गरेको छ ।

स्वीडेनमा भएको कार्यक्रममा विभिन्न कलाकारहरूको समेत सहभागिता रहेको थियो । कलाकारहरुको युरोप भ्रमणको अवसर पारेर एनआरएन स्वीडेनले अप्रिल १६ का दिन स्वीडेनको राजधानीमा महयात्रा २०१६ र नयाँ वर्षको शुभकामना साँझ कार्यक्रम आयोजना गरेको छ ।

नेपालबाट आएका अन्य चर्चित कलाकारहरु यमन श्रेष्ठ, माण्डवी त्रिपाठी, नरेन्द्र कंसाकार, मोहित आचार्य समेतको प्रस्तुति रहेको महसाँझ कार्यक्रममा स्वीडेनबासी नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रमको पहिलो स्वागत तथा शुभकामना मन्तब्य सस्थाका उपाध्यक्ष नबराज रेग्मीले दिनु भएको थियो । महिला दिदीबहिनीहरुको प्रतिनिधित्व गर्दै सस्थाका महिला संयोजक राधिका ढुंगानाले पनि नयाँ वर्षको शुभकामनासंगै स्वागत मन्तब्य दिनुभएको छ ।

औपचारिक कार्यक्रमको समापनसंगै स्थानीय कलाकार हरु बिन्दा खरेल, दीपा आचार्य, सैला श्रेष्ठ आचार्य, प्रिया पन्त र प्रिती आचार्यको विशेष स्वागत ग्रुप नृत्य प्रश्तुत भएको थियो ।

Swenden