३१ आश्विन २०८३, शनिबार

कला र संस्कतिको संरक्षण गर्नु सरकारको दायित्वः मन्त्री पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pro-ktm

काठमाडौँ । संस्कृतिक, पर्यटन तथा नागरिक उयड्डनमन्त्री आनन्दप्रसाद पोखरेलले कला राज्यको सम्पति भएकाले त्यसको संरक्षण गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले आज यहाँ आयोजना गरेको ‘सामुहिक गिती सङग्रह सार्वजनिक कार्यक्रममा उहाँले कला र संस्कृति राष्ट्रको पहिचान भएकाले बचाई राख्नु आवश्यक रहेको बताउनुभोे ।

“सबै जातजातिका आ–आफ्नै कला, धर्म र संस्कृति छन, लोकभाका,लोक संस्कृति छन, त्यसको संरक्षण गर्न राष्ट्रिय सङग्रहालयको स्थापना गर्न आवश्यक छ”–मन्त्रस् पोखरेलले भन्नुभयो ।

उहाँले गीत–सङ्गीतले नेपाल कला, संस्कृतिको संरक्षण गर्नुका साथै जनभावनालाई समेट्दै परिर्वतन गर्ने खालको हुनुपर्नेमा जोड दिनुभयो ।

लोकगायिका पूर्णकला विसी र बिनोज बाजुरेलीले नेपाल कला र संस्कृतिले धनी भए पनि राज्यले कलाको सम्मान र संरक्षणमा ध्यान नदिएको गुनासो गर्नुभयो ।

सञ्चारकर्मी नेपालका सल्लाहकार गोविन्द गिरी, अध्यक्ष हरिबल्लव नेपाललगायतले नेपालको पूर्वदेखि पश्चिमसम्म फरक–फरक लोक संस्कृति भएको हुनाले त्यसको संरक्षण गर्न संंस्कृति मन्त्रालयले गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा मन्त्री पोखरेल विभिन्न गिती संग्रहको समेत सार्वजनिक गर्नुभएको थियो ।