३१ आश्विन २०८३, शनिबार

नायिका प्रियंकालाई छाडा र अश्लील गाली, मन दुखेपछि के भनिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Priyanka-karki
काठमाडौं, ६ वैशाख । नायिका प्रियंका कार्कीले सामाजिक सञ्जालहरूबाट आफूलाई गाली गलौज गरेको भन्दै चित्त दुखाएकी छिन् । उनले आफ्नो फेसबुक पेजमार्फत तल्लो शब्दमा गाली गरेको भन्दै दुःखी भएकी हुन् ।

उनले फेसबुकमा प्रश्न गर्दै भनेकि छिन्, ‘जब जब म नयाँ फोटो हाल्छु, कुनै नयाँ फिल्मको गीत या म्युजिक भिडियो शेयर गर्छु, किन यति धेरै गाली गर्नु हुन्छ मलाई ?’

फेसबुकमा गाली गर्नुअघि आफ्ना दिदीबहिनी र चेलिबेटीलाई घरमा सम्झन पनि नायिका कार्कीले आग्रह गरेकी छिन् । फेसबुकमा नायिका कार्कीलाई अत्यन्तै तल्लोस्तरमा गालीगलौज गरिएपछि उनले ती पोष्टहरूको तस्बिर खिचेर जस्ताको त्यस्तै फेसबुकमा राखिदिएकी छिन् ।

मेरो मनलाई रुवाउनेहरूका लागि (फेसबकुमा राखिएको प्रियंका कार्की सन्देश)

जब जब म नयाँ फोटो हाल्छु, कुनै नयाँ फिल्मको गीत या म्युजिक भिडियो शेयर गर्छु, किन यति धेरै गाली गर्नु हुन्छ मलाई ? के मैले कुनै प्रकरको चोट पुगाए ? तपाईलाई ब्यक्तिगत रूपमा ठेस पुराए ? ‘रन्डी’, ‘भालु’, ‘बश्या’…. जस्ता शव्दहरु प्रयोग गरेर बडा आनन्द महसुस हुन्छ हो ? एक्दम महान काम गरे झै लाग्छ हो ?

हामी कलाकर दिनरात मेहेनत गर्छौ । घरी फिलिम शूटिङ, घरी कार्यक्रम । दशैँ, तिहार, चाड पर्व केही न सोँची यहाँहरुलाई मनोरञ्जन दिन घरी कतार, घरी मलेसिया त घरी अस्ट्रेलिया पुग्छौँ । के को लागि ? यही आलोचना खप्नको लागि ? कति चित्त दुख्छ होला सोच्नुस् ।

यहाँहरुको घरमा छोरीचेली छैनन् ? एक पटक सोच्नुस त, तपाईको घरको दिदीबहिनी, आमा, भाउजु, छोरीहरुमाथि यस्तो शब्द कसैले प्रयोग गर्दा, तपाईलाई कस्तो महसुस हुन्थ्यो ? ठीक त्यस्तै महसुस हुँदो होला नि मेरा बुबा, आमा, भाइ र अन्य परिवारका सदस्यहरुलाई । कहिले काहीँ मामुले फोन गरेर ‘छोरी कस्तो नराम्रो लेखेछ तिम्रो फोटोमा हेर त । छिटो डिलिट गर’ भन्नुहुन्छ । कति चित्त दुख्छ होला उहाँको ।

तपाईलाई यदि म मन पर्दैन भने बिन्ती मेरो पेजमा आउँदै न आउनुस् । बरु ब्लक गर्नुस् मलाइ तर अश्लील, जथाभावी कृपया न लेखि दिनुस होला । देशको कलाकारको सम्मान, देशबाटै सुरु हुन्छ । हामीले नगरे, कल्ले त ? यति भन्न चाहन्थे । धन्यवाद ।