१ कार्तिक २०८३, शनिबार

लियोनल मेस्सीले यसरी पुगाए ५००औँ गोल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Messiलन्डन, ६ वैशाख । अर्जेन्टिनी एवं बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले करियरको ५०० औँ गोल गरेका छन् ।

आइतबार राति बार्सिलोनाको घरेलु मैदानमा भएको ला लिगाको खेलमा भ्यालेन्सियाविरुद्ध ६३ औँ मिनेटमा गोल गर्दै आफ्नो करियरको पाँच सयौं गोल गरेका हुन् । तर, मेस्सीले पाँच सयौं गोल गर्दा बार्सिलोना भने भ्यालेन्सियासँग २–१ गोल अन्तरले पराजित भएको छ ।

उनले बार्सिलोनाका लागि मात्रै अहिलेसम्म ४ सय ५० गोल गरेका छन् भने अर्जेन्टिनाका लागि ५० गोल गरेका छन् ।

मेस्सीले राष्ट्रिय टोली र बार्सिलोनाबाट अहिलेसम्म खेलेका ६ सय ३३ खेलमा पाँच सय गोल गरेका हुन् । मेस्सीले बार्सिलोनाबाट अहिलेसम्म ५ सय २६ खेल खेलेका छन् जसमा उनले ४ सय ५० गोल गर्न सफल भए ।

यस्तै अर्जेन्टिनाबाट उनले अहिलेसम्म एक सय सात खेल खेल्दै ५० गोल गरेका छन् ।

मेस्सीले लामो प्रतिक्षापछि भ्यालेन्सियाविरुद्ध गोल गर्दै करियरको ५०० औँ गोल गरेका हुन् । मेस्सीले लगातार पाँच खेलमा गोल गर्न सकेका थिएनन् । एजेन्सी