काठमाडौं, ६ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले आज नामिवियासँग दोस्रो खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजेदेखि सुरु हुने खेलमा नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रदैछ ।
शनिवार भएको नामिबियाविरुद्वको पहिलो खेलमा ५ विकेटले विजयी भएको नेपालले शीर्ष चारमा रहने आशा जीवितै राख्न पनि आजको खेल जित्नै पर्ने दबाबमा पनि छ ।
निमिवियालाई आजको खेलमा पनि पराजित गर्न सके विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पर्ने आशा रहनेछ । यदि नेपाल शीर्ष चारमा अट्न सके सन् २०१८ मा बंगलादेशमा हुने विश्वकप क्रिकेट छनोटमा सहभागिता जनाउने पाउनेछ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा सहभागी आठ टोलीमध्ये शीर्ष चार भित्रपर्ने टोलीले सन् २०१८ मा हुने विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्ने मौका पाउँछन् ।
पाँच खेलबाट दुई अंक जोडेको नेपाल तालिकाको सातौं स्थानमा छ भने समान २ अंक नै जोडेको नामिबिया आठौं स्थानमा छ ।















प्रतिक्रिया