काठमाडौं, ६ वैशाख । संविधान निर्माणको काम सम्पन्न भएको अवस्थाबाहेक २०७२ साल नेपालीहरूका लागि ज्यादै दुःखद् रहे पनि २०७३ साल भने त्यति धेरै दुःखद देखिँदैन । २०७३ दुःखदभन्दा सुखद फल दिने वर्ष नै छ ।
राज शुक्र र मन्त्री बुधमा छन् । यी मित्रवत् स्थानहरू हुन् । त्यसैले यो वर्ष राजनीतिक टकराव र गतिरोध कम देखिन्छ । यो वर्षको संवत्सरको नाम सौम्य हो । यसले मध्यमार्ग ल्याउँछ ।
राजतन्त्र र हिन्दु अधिराज्य पुनर्बहाली गुर्नपर्छ भन्नेहरूको गतिविधि बढ्ने र त्यो गतिविधिलाई दक्षिणको छिमेकीले समेत प्रश्रय दिने सम्भावना देखिएका कारण केही राजनीतिक गतिरोध आउँछ । तर त्यो गतिरोधलाई सरकारले राजनीतिक दलहरूको सहयोगमा व्यवस्थापन गर्नसक्ने योग छ ।
अर्थात् आगामी असारपछि सरकार बलियो रहने योग देखिन्छ । जेठको अन्तिम या असारको पहिलो साता सरकार परिवर्तनको योग देखिन्छ । त्यसपछि राष्ट्रिय सहमतिको बिलयो सरकार बन्ने प्रबल सम्भावना छ ।
त्यो सरकारले पर्याप्त वैदेशिक सहायता ल्याउने र मुलुकका समस्या समाधान गर्नेछ । तरुण साप्ताहिकले समाचार छापेको छ ।
उदण्ड गतिविधिले प्रोत्साहन पाउने छैन । नेताहरू राष्ट्रिय हितविपरीत जाने छैनन् । ठूलो उपलब्धि नभए पनि सानातिना उपलब्धि भने हुनेछन्, तर यो वर्ष चुनाव हुने सम्भावना भने देखिँदैन ।
सुरुमा वर्षा कम हुने र साउनको अन्तिमदेखि अतिवर्षा हुने सम्भावनाका कारण बाढीपहिरोको जोखिम हुनेछ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीका ग्रहदशा २०७३ सालको आरम्भसँगै बिग्रँदै गएका छन् । अब उनले जे गरे पनि जे बोले पनि अपजस मात्रै पाउनु पर्नेछ ।
बृहस्पति र शनि दुवै हानिकारक ठाँमा बसेका कारण जेठको अनितम वा असारको सुरुसम्ममा प्रधानमन्त्री ओलीले पद छाड्नु पर्नेछ । उनलाई अविश्वासको प्रस्ताव ल्याएर हटाइनेभन्दा पनि आफैं राजीनामा दिएर बाहिरिनेछन् । (अंगिरस न्यौपाने, ज्योतिष)















प्रतिक्रिया