८ कार्तिक २०८३, आइतबार

यी हुन गरिवको ‘पेट’ चुस्ने खतरनाक कर्मचारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

achtiyar-garibi-niwaranकाठमाडौं, ७ वैशाख । गरिवी निवारण र उत्थानका लागि विनियोजित रकम भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिबी निवारण कोषका तत्कालीन कार्यकारी निर्देशक राजबाबु श्रेष्ठसहित ३६ उच्च अधिकारीविरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुमाथि कुल ४ करोड ३४ लाख रुपैयाँ विगो मागदावी गरिएको कान्तिपुर दैनिकले समाचार छापेको छ । ‘यातायात साधन, दैनिक भ्रमणभत्तादेखि कार्यक्रम सञ्चालनका नाममा नक्कली बिल बनाएर करोडौं अनियमितत गरेको भेटियो’, अख्तियारका प्रवक्ता कृष्णहरि पुष्पकरले भने, ‘देशमा गरिबी घटाउने महत्वाकांक्षी योजनाका साथ दातृ निकायको सहयोगमा सञ्चालित कार्यक्रममा नै गम्भीर प्रकृतिका अनियमितता भेटिएका हुन् ।’

भ्रष्टाचार मुद्दामा मुछिएकामा ३० जना कार्य प्रवन्धक, एकजना वित्त प्रमुख, दुई लेखा अधिकृत, एक लेखा सहायक र एकजना वातावरणीय अधिकृत छन् ।

अख्तियारले आर्थिक वर्ष ०६६÷६७ देखि २६८÷६९ सम्म तीन वर्षको अवधिको फाइल अनुसन्धान गरेको थियो । त्यतिबेला ३७ जिल्लामा गरिबी निवारण कार्यक्रम सञ्चालित थियो ।