– यज्ञप्रसाद सापकोटा
बर्दिया, ५ बैशाख । बर्दियामा निजामती क्षेत्रको आधिकारीक ट्रेड युनियन निर्वाचन नजिकिदै गर्दा दुई ओटा टेड युनियन मर्ज भएका छन् ।
नेपाल निजामति कर्मचारी संगठन बर्दिया र राष्टिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र बर्दिया मिसिएका हुन् । आज बसेको दुवै टेड युनियनको संयुक्त बैठकले दुवै टेड युनियन गाभिएको निर्णय गर्दै संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् ।
प्रेस विज्ञप्तीका अनुसार राष्टिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र जिल्ला कार्यासमिति बर्दिया निजामती कर्मचारी संगठनमा गाभिईएको छ । निजामती कर्मचारीहरुको हक र हितका लागि सँगै लड्ने भन्दै गाभिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
निजामती कर्मचारी संगठन बर्दियाका अध्यक्ष दुर्गादत्त बसौला र राष्टिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र बर्दियाका निवर्तमान अध्यक्ष पशुपती घिमिरे द्धारा हस्ताक्षरीत संयुक्त प्रेस विज्ञप्तीमा अब देखि कर्मचारी मिलन केन्द्रका निजामती कर्मचारीहरु नेपाल निजामती कर्मचारी संगठनलाई सर्वश्रेष्ठ बनाउन परिचालित हुनेछन् ।
बर्दियामा गाभिएका दुई ओटै संगठनहरु केन्द्रमा पनि एकिकृत भएको नेपाल निजामति कर्मचारी संगठन बर्दियाका अध्यक्ष दुर्गादत्त बसौला ले बताउनु भयो । त्यसैगरी आज बसेको राष्टिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र बर्दियाका निवर्तमान अध्यक्ष पशुपती घिमिरेलाई निजामती कर्मचारी संगठनको उपाध्यक्षमा चयन गरेको छ ।












प्रतिक्रिया