१ कार्तिक २०८३, आइतबार

लोकेन्द्रबहादुरका छोरा जयन्त चन्द वाणिज्य मन्त्रीमा नियुक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jayanta Chandकाठमाडौं, ५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्द मन्त्रिमा नियुक्त गर्नुभएको छ । चन्दले आजैदेखि वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ ।

लाई प्रधानमन्त्री केपी ओलीले वाणिज्य मन्त्रालयको जिम्मेवारी सुम्पेका छन् । ५१ वर्षीय नवनियुक्त मन्त्री चन्दले आजै राष्ट्रपति भवनमा राष्ट्रपति विद्यादेवी भण्डारी सामु शपथ लिनुभएको छ ।

चन्द राप्रपाबाट समानुपातिक सभासदमा मनोनित हुनुभएको थियो । इतिहासमा स्नातकोत्तर गरेका चन्द २०५९ सालदेखि राप्रपाका केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ २०६० सालदेखि २०७० सालसम्म पार्टीका विदेश विभाग संयोजक पनि हुनुहुन्थ्यो ।

संयुक्त सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भागमा परेको वाणिज्य मन्त्रालयको जिम्मेवारी यसअघि श्रम तथा रोजगार मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिरहेका दीपक बोहोराले नै सम्हाल्नुभएको थियो ।

चन्द मन्त्रीमा थपिएसँगै ओली मन्त्रिपरिषद् ६ उपप्रधानमन्त्री, २२ मन्त्री, १० राज्यमन्त्री र २ सहायक मन्त्रीसहित ४१ सदस्यीय भएको छ ।