काठमाडौं, ५ वैशाख । नेपाली सेनाका सहायकरथी ज्ञानेन्द्र रायमाझीले पदबाट राजीनामा दिनुभएको छ । उहाँले घरायसी कारण देखाउँदै राजीनामा दिएको सैनिक स्रोतले जानकारी दिएको छ ।
सैनिक मुख्यालयले रायमाझी भन्दा जुनियर सहायकरथीहरु देव सुवेदी, जगदिश पोखरेल, शमशेर ठकुराठी र पूर्ण सिलवाललाई उपरथीमा बढुवा गरेलगत्तै उहाँले राजीनामा दिनुभएको हो ।
शैक्षिक योग्यतामा कैफियत देखिएपछि रायमाझीको बढुवा रोकिएको थियो । रायमाझीको राजीनामा स्विकृतीका लागी मन्त्रिपरिषद्मा लैजाने तयारी रक्षा मन्त्रालयले गरेको छ । रायमाझीमाथि नक्कली शैक्षिक प्रमाणपत्र रहेको अभियोग लागेको स्रोतले जनाएको छ ।
रायमाझी सुरक्षा परिषद् सचिवालय सिंहदरवारमा कार्यरत हुनुहुन्छ । शैक्षिक योग्यतामा कैफियत देखिएपछि प्रधानसेनापति राजेन्द्र क्षत्रीले उहाँलाई उपरथीमा बढुवा सिफारिस गर्नुभएको थिएन ।












प्रतिक्रिया