काठमाडौं, ५ वैशाख । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले आइतबार राजा बस्ने नारायणहिटी दरबारका सैनिक युनिटको निरीक्षण गरेका छन् ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार मन्त्री रावलले नेपाली सेनाको नारायणहिटीस्थित श्री उपत्यका पृतना हे.क्वा. को निरीक्षण भ्रमण गरेका हुन् ।
निरीक्षण भ्रमणको क्रममा रावलले उक्त पृतनाको जिम्मेवारी क्षेत्रको वस्तुस्थितिको बारेमा जानकारी लिएका थिए । सोही अवसरमा उनले नेपाल क्याभलरीको नवनिर्मित भवनको समेत निरीक्षण गरे ।













प्रतिक्रिया